अदालतबाट दोषी ठहर भएका लामालाई सहायक रथीमा बढुवा किन ? | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

काठमाडौँ, ३० भदौ । मन्त्रिपरिषदको साउन ३१ को बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गरेकोप्रति जवाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सरकारले यो निर्णय कपिलवस्तु जिल्ला अदालतले मानव अधिकार हननका दोषी भनी ठहर गरेका व्यक्ति लामाको पक्षमा आएकाले अदालतको आदेशको ठाडो उल्लंघन हो भन्ने समितिको ठहर छ।

उक्त अदालतले गोरुसिंगे ब्यारेकमा जनकबहादुर राउतलाई चरम यातना दिएकोमा लामालाई दोषी ठहर गरी विभागीय कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन आदेश गरेको थियो। आजको नागरिक दैनिकमा खबर छ।