चिनी उद्योगीले उखु चिन्ने किसान नचिन्ने बिडम्बना
काठमाडौं, २१ पुस । उखु किसान र सरकारबीच भएको ५ बुँदे सहमति कार्यान्वयन हुनेमा किसानले नै आशंका व्यक्त गरेका छन् । माघ ७ गते भित्र उखु किसानका सम्पूर्ण बक्यौता रकम भुक्तानी दिन सरकारले सहजीकरण गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको थियो ।
किसान आन्दोलनलाई नजिकबाट नियालेका युवा विद्यार्थीहरुले किसान आन्दोलनलाई राजनीतिकरण गरिएको भन्दै सम्झौता कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।
माघ सात गतेभित्र उखुको बक्यौता रकम भुक्तानी गर्ने विषयमा सरकारसँग भएको पाँच बुँदे सम्झौता कार्यान्वयन हुनेमा किसानहरुले नै आशंका व्यक्त गरेका हुन् । कतिपयले यस सम्झौतालाई किसानमाथि भएको धोकाको संज्ञा समेत दिएका छन् ।
विभिन्न तहमा गरी यसअघि पटकपटक भएका सम्झौता कार्यान्वयनमा भएको छैन । तैपनी संघीय उद्योग मन्त्रीकै उपस्थितिमा भएको सम्झौतालाई विश्वास गर्नुपर्ने बाध्यता रहेको किसानहरुलाई साथ दिएका सर्लाहीका युवाहरु बताउँछन् । सम्झौतामा खुशी भएका किसानहरु पनि भुक्तानी हुने नहुनेमा भन्ने ढुक्क हुन सकेका छैनन् ।
सम्झौता भएपछि पनि उद्योगीहरुले किसानहरुलाई भेट्न नमानेको गुनासोहरु सुनिएको छ । चिनी उद्योगीले उखु चिन्ने किसान नचिन्ने, बिडम्बना र विभिन्न आशंकालाई सधैंका लागि अन्त्य गर्दै अभिभावकीय भूमिका निर्वाह गर्न सरकारले सम्झौता कार्यान्वयन गर्नैपर्छ ।
यस्तो छ सहमति :