एजेन्सी । प्राय: व्यक्ति जंगली जनावर देख्नेवित्तिकै डराउने स्वभावका हुन्छन् । तर अमेरिकी राज्य न्यू जर्सीकी अमिलिया फोरम्यान भने जस्तोसुकै जनावरलाई पनि साथी बनाउन माहिर छिन् ।
अमिलियालाई नजिकबाट चिन्नेहरु भन्छन् – उनी भित्र त्यस्तो एक शक्ति छ जसले जंगली सिंह देखि हर जनावरलाई सजिलै साथी बनाउन सक्छ ।
अमिलिया अहिले १८ वर्षकी भईन् तर उनकी फोटोग्राफर आमाले विगत १५ वर्षदेखि विभिन्न जनावरहरुसँग छोरीको तस्बिर कैद गर्दै आएकी छिन् ।
अमिलिया ३ वर्षकी हुँदा उनकी आमालाई छोरी र जंगली जनावरबीच खास कनेक्शन छ भन्ने लागेको थियो । सोही समयदेखि जनावरसँग छोरीको तस्बिर खिच्दै आएकी छिन् उनकी आमाले ।
अमिलिया बारे बनेको वाइल्ड लाइफ फोटो बुक विश्वमै चर्चित छ । कतिपय फोटोमा उनी चिडियाखानामा समेत देख्न नपाईने जनावरहरुसँग खेलिरहेको देख्न सकिन्छ ।
अमिलिया र जनावरबीचको दोस्ती झल्किने फोटो हामीले प्रस्तुत गरेका छौँ ।