कण्डमको विज्ञापनमा यस्तो गल्ती भेट्टिएपछि शहरभरी मच्चियो हंगामा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८३, शनिबार

काठमाडौँ, ३१ भदौ । परिवार नियोजनको अस्थायी साधन कण्डमको उद्देश्य हो यौन सम्बन्धलाई सुरक्षित राख्नु वा यौन रोग र अनिच्छित गर्वधारणबाट बँचाउनु। यसै कारणले पनि कण्डम बनाउने कम्पनीहरुले विज्ञापनमा नयाँ र रचनात्मक तरिका अपनाएर सकारात्मक सन्देश आम जनतासम्म पुर्याउने कोसिस गर्छन्।

तर रचनात्मकताको पनि एउटा सीमा हुन्छ। जहाँ सानो गल्तीले निकै ठूलो क्षति पुर्याउन सक्छ। यस्तै भएको छ कण्डम बनाउने कम्पनी ‘से इट विथ अ कण्डम’लाई। अहिले सोसल मिडियामा कम्पनीले बनाएको कण्डमको प्याकेट निकै चर्चित बनेको छ। प्याकेटको बाहिर लेखिएको छ ‘गो फर्दर विथआउट कन्सेन्ट’ अर्थात ‘बिना सहमति अगाडि बढ्नुहोस्’।

यस्ता कण्डम अमेरिकाका कलेजमा सुरक्षित यौन सम्बन्धलाई बढाउने उद्देश्यले बाँडिएका थिए। तर प्याकेटमा यस्तो सन्देश देखिएपछि मानिसहरु कम्पनीमाथि खनिएका छन्। बिना सहमति यौनको लागि अगाडि बढ्नु भनेको बलात्कारलाई बढावा दिनु भएको भन्दै यस्तो सन्देशले समाजमा गलत प्रचार गरेको कम्पनीमाथि आरोप लागेको छ।

कम्पनीले ‘डु नट गो फर्दर विथआउट कन्सेन्ट’ अर्थात ‘सहमति बिना अगाडि नबढ्नुहोस्’ नै भन्न खोजेको थियो। यसका लागि कम्पनीले निकै सिर्जनात्मक तरिका अपनाएको मानियो। कम्पनीले सुरुको शब्दावली ‘डु नट’ अक्षरमा नलेखेर यसको ठाउँमा खाने ‘डुनट’ (बेकरी उत्पादन) को चित्र प्रयोग गरेको थियो। तर आम जनताले कम्पनीको सिर्जनात्मकता बुझ्न नसक्दा कम्पनीमाथि निकै गम्भीर आरोप लागेको छ। अहिले यस कंपनीका बिरुद्धमा हंगामा मच्चिएको छ।