खर्च अभावले अस्पतालमै : आश्वासन आयो, सहयोग आएन | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

खर्च अभावले अस्पतालमै : आश्वासन आयो, सहयोग आएन

kharcha abav le aspatalmai

रुपन्देही, ८ पुस । पाल्पा रामपुरकी १८ वर्षीया पूजा सोमै (ठगिसरा) रुपन्देहीको क्रिमसन अस्पतालमा अर्धचेत अवस्थामा छिन्। छेउमै उभिएका छन् उनका बुवा ५६ वर्षीय लालबहादुर परियार। पति भोमे सोमैको कुटपिटबाट पूजाको टाउको फुटेको छ। दायाँतर्फको हर चल्दैन। असोज २९ गते क्रिमसन अस्पतालमा उनलाई भर्ना गरिएको हो।

अस्पतालका न्युरोसर्जन डा. बलराम न्यौपानेले टाउको र घाँटीको समेत शल्यक्रिया गरिसकेका छन्। चिकित्सकले डिस्चार्ज दिएको एक महिना भइसक्यो। तर पूजाको परिवारले अस्पतालको पैसा तिर्न नसकेपछि अस्पताल छाड्न सकेका छैनन्। अस्पताल प्रशासनले बिरामीलाई घर लैजान पटकपटक ताकेता गरेको छ तर उपचारखर्च अभावले बिन्ती बिसाउँदै उनीहरू अस्पतालमै बसिरहेका छन्।

पैसा खोज्छौं भनेर अस्पतालले समय प्रशस्त दियो तर अब अस्पतालले बिरामी राख्न नसक्ने बताएको छ। ‘बिरामीलाई घर लैजानोस्, खोइ त पैसा तिरेको भनेर पटकपटक प्रशासनबाट खबर आएको छ, पैसा छैन यहीँ बसेको छु,’ पूजाका बुवा लालबहादुरले भने।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार