मुगुमा पहिलो पटक पाठेघरकाे सफल शल्यक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुगुमा पहिलो पटक पाठेघरकाे सफल शल्यक्रिया

मुगु । मुगुमा पहिलोपटक जिल्ला अस्पतालमा पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जटिल प्रकारको पाठेघर खस्ने समस्या भई अस्पताल आएकी सोरु गाउँपालिका-६ की ७० वर्षीया मोतीउ रोकायाको विशेषज्ञ डाक्टर सुरेन्द्र शाक्यको नेतृत्वमा खटिएको टोलीले सफल शल्यक्रिया गरेको स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए ।

उक्त शल्यक्रियामा चिकित्सक अर्जुन भाम, स्टाफ नर्स सुनीता वली र  सिनियर अनमी रामदेवी केसीलगायतको चिकित्सक टोलीले  रोकायाको पाठेघरको शल्यक्रिया गरेको उनले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मुगु अस्पतालमा विशेषज्ञ  चिकित्सक सुरेन्द्र शाक्यलाई पठाएपछि समान्यदेखि जटिल शल्यक्रिया अस्पतालमै हुन थालेको र पछिल्लो समय मुगुका बिरामीलाई बाहिरी जिल्ला रिफर गरिएकाे छैन ।

विगतमा  सामान्य शल्यक्रियादेखि जटिल खालका बिरामी सुर्खेतदेखि नेपालगन्जसम्म जाँदा बिरामीहरूकाे उपचारमै लाखौँ रकम खर्च हुने गरेको  थियो । तर, अहिले जिल्ला अस्पतालले विशेषज्ञ डाक्टर पाएपछि सहुलियत शुल्कमै बिरामीले शल्यक्रिया सेवा लँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);