काठमाडौं, २ पुस । बुधबार शेयरबजार नेप्से तीन दशमलब तीन शून्य अंकले घटेर परिसूचक एक हजार एक सय ५२ दशमलब शून्य सात अंकमा पुगेको छ ।
१ सय ६५ कम्पनीका ९ लाख ४७ हजार ८ सय ५३ कित्ताशेयर ५ हजार १ सय ४४ पटकको कारोबारबाट २९ करोड ४७ लाख ९ हजार ८ सय ५८ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब आठ शून्य अंकले घटेर २ सय ५२ दशमलब चार सात अंकमा पुगेर बन्द भएको छ । बुधबार व्यापार, विकास बैंक र अन्य समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ ।
एनएमबि बैंकको सबैभन्दा बढी ४ करोड ९० लाख बढीको कारोबार भएको छ । विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नौ दशमलब नौ/नौ प्रतिशतले कमाएका छन भने नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ७ दशमलब ६ नौ प्रतिशतले गुमाएका छन् ।