सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक : अर्थमन्त्री खतिवडा

arthamantri-kar diwas

काठमाडौं, ३ पुस । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको बताउनुभएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडद्वारा बिहिबार आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक, तरलता व्यवस्थापक, पूँजी परिचालक र सल्लाहकार संस्था भएको बताउनुभएको हो ।

मन्त्री खतिवडाले सहकारी बैंकका क्षेत्र असिमित भएपनि कानुनी सीमा रहेको कारण सहकारी बैंकले सीमित बैंकिङ कारोबार मात्रै गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी ऐनअनुसार सहकारी संस्थाहरुले केहि गर्न खोजेपनि विभिन्न ऐनहरुले बाटो बन्द गरिदिने गरेको बताउनुभयो । ती ऐनको तगारो हटाउने प्रयास अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

सहकारी बैंकले बिहीबारबाटै एटिएम सेवाको पनि सुरुवात गरेको छ । कृषि विकास बैंकसँगको सहकार्यमा एटिएम सेवा सञ्चालन गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);