पोखरा, ३० मंसिर । पोखरा प्रिमिएर लिग पीपीएल क्रिकेटमा धनगढी ब्लुजले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार भएको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगरलाई ५ रनले पराजित गरेको हो । उक्त खेलमा पहिलो व्याटिङ गरेको धनगढी ब्लुजले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो ।
धनगढीका कमल सिंह ऐरीले अविजित २६ रन बनाए । २१ बल खेलेका ऐरीले २ चौका र २ छक्का प्रहार गरे । यस्तै स्रिमन्था विजारत्ने २५ रनको योगदान गरे । जवाफमा १ सय १७ रनको लक्ष्य पछ्याएको विराटनगरले ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनायो ।
विराटनगरका राजु रिजालले सर्वाधिक २५ र सुनिल धमलाले १८ रन जोडे । धनगढीका दिपेन्द्र सिंह ऐरीले ३ र सागर ढकालले २ विकेट लिए ।