५८ हजार भन्दा बढि रकमसहित ११ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

५८ हजार भन्दा बढि रकमसहित ११ जुवाडे पक्राउ

juwade pakrau

दाङ, २९ मंसिर । दाङको तुलसीपुरबाट ११ जुवाडे पक्राउ परेका छन् । तुलसीपुर ६ स्थित कमल घर्तीले सञ्चालन गरेको एलेक्सी जोन पुलहाउसमा अबैद्य रुपमा जुवा खेलिरहेको अबस्थामा आइतबार दिउसो ३ बजेतिर पक्राउ गरिएको हो ।

५८ हजार ५ सय ५० रुपैयाँ र दुई गड्डी ताससहित ११ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले बताउनुभयो ।

पक्राउ पर्नेमा तुलसीपुर ८ का ३५ वर्षीय टेकबहादुर घर्ती, सोही ठाउँ निवासी ३० वर्षीय कमल घर्ती, २४ वर्षीय गोकर्ण बुढाथोकी, तुलसीपुर ६ का २४ वर्षीय अजय बस्नेत , तुलसीपुर १८ का २७ वर्षीय लक्ष्मण गिरी, तुलसीपुर ५ का २६ वर्षीय शिबकुमार वली, २८ वर्षीय सिद्धान्त गुरुङ्ग, २८ वर्षीय रुपेश कुमार गुप्ता, २९ वर्षीय सन्दिप सेर्पाईली, तुलसीपुर ९ का २८ वर्षीय राजेश कुमार बोहरा, अर्घाखाची सन्दिखर्क नगरपालिका१ घर भई हाल तुलसीपुर ५ बस्दै आए २९ वर्षीय रन्जित श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);