यौनधन्दा चलाउँदै आएका होटल सञ्चालकसहित तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यौनधन्दा चलाउँदै आएका होटल सञ्चालकसहित तीन जना पक्राउ

चितवन, ३० मंसिर । चितवनमा अवैध रुपमा यौनधन्दा चलाउँदै आएका होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

क्लिन चितवन अभियान अन्तर्गत अवैध यौनधन्दामा संलग्नलाई प्रहरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो । प्रहरीले भरतपुर महानगरपालिकाको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक जंगबहादुर क्षेत्री, उनकी श्रीमती निर्मला थापा क्षेत्री र सुनसरीको धरान वस्ने बर्ष २४ की रोशिका राई पक्राउ गरेको हो ।

दुई जना युवतीलाई होटलको कोठामा बन्धक बनाई विगत लामो समयदेखि बेश्यावृतीमा लगाएको भन्ने सूचनाको अधारमा ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

होटलमा १८ देखि २३ वर्ष उमेरका युवतीहरुलाई सञ्चालकले यौनधन्दामा लगाउने र उनीहरूलाइ सो बापत ५ देखि १५ सयसम्म रकम दिने गरेको खुल्न आएको छ । पक्राउ परेकाहरु तीनै जना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको चितवन प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);