शेयरबजार परिसूचक नेप्से ४. ७८ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शेयरबजार परिसूचक नेप्से ४. ७८ अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, २९ मंसिर । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से ४ दशमलब सात आठ अंकले घटेर १ हजार १ सय ६७ दशमलब आठ ६ अंकमा पुगेको छ ।

१ सय ७२ कम्पनीका २० लाख ७२ हजार २ सय ३६ कित्ताशेयर ९ हजार ५ सय २१ पटकको कारोबारबाट ६८ करोड ६० लाख ७६ हजार एक सय ११ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा भने शून्य दशमलब शून्य आठ अंकको सुधार भएको छ ।

आइतबार बैंकिङ, व्यापार र अन्य समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ । एनएमबि बैंकको सबैभन्दा बढी ६ करोड ३७ लाख बढीको शेयर कारोबार भयो ।

राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन भने स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ६ दशमलब ४ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);