ब्रिटेनमा नेपाली विद्यार्थीदेखि नर्ससम्मलाई हुनसक्ने ‘लाभ’ | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

ब्रिटेनमा नेपाली विद्यार्थीदेखि नर्ससम्मलाई हुनसक्ने ‘लाभ’

boris

एजेन्सी, २८ मंसिर । ब्रिटेनमा प्रधानमन्त्री बोरिस जोनसनको पुनरागमनको ढोका खोलिदिएको चुनावी नतिजाप्रति नेपाली समुदायको मिश्रित प्रतिक्रिया देखिन्छ ।

कन्जर्भेटिभ पार्टीले विगत तीन दशकयताकै धेरै स्थानमा जित्दै स्पष्ट बहुमतका साथ सरकार बनाउँदै छ । अब ब्रिटेन युरोपेली सङ्घ ईयूबाट बाहिरने निश्चित भयो भन्ने खालको धारणा बलियो बनेको पाइन्छ ।

त्यसकारण आउँदो दुई-तीन वर्ष सङ्क्रमणकालमा बित्दा अर्थतन्त्र र व्यापार-व्यवसायमा नकारात्मक असर पर्ने आशङ्का मिश्रित चिन्ता व्यक्त गर्नेहरू पनि छन् ।

ब्रेक्जिटले तीन-साढे तीन वर्षदेखि ब्रिटेनको राजनीतिमा मुख्य स्थान पाइरहेको छ। त्यसलाई लिएर नेपाली समुदाय पनि विभाजित नै छन् । ब्रिटेनमा ठूलो सङ्ख्यामा रहेका रेस्टुरेन्ट व्यवसायी नेपालीहरूले ब्रेक्जिटको पक्षमा मतदान गरेको बताएका थिए ।

जबकी विद्यार्थी र प्राध्यापकहरूले ब्रिटेन ईयूमै रहनुपर्ने पक्षमा देखिन्थे। नेपाली समुदाय ब्रिटेनको स्थानीय राजनीतिमा पनि सक्रिय भइरहेका छन् । लेबर र कन्जर्भेटिभ दुवै प्रमुख दलमा आबद्ध भएर नेपाली समुदायका सदस्य विभिन्न काउन्सिलमा निर्वाचित भएका छन् ।

कन्जर्भेटिभ पार्टी नेपालीहरूप्रति सकारात्मक नै देखिन्छ। ब्रिटिश नागरिकता लिइसकेका थुप्रै नेपालीले विपक्षी लेबर पार्टीमा पनि राजनीतिक गरिरहेका छन् । लिबरल डेमोक्र्याट्समा पनि नेपाली भाषीहरू आबद्ध छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);