कराँतेमा नेपालको उत्कृष्ट प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

कराँतेमा नेपालको उत्कृष्ट प्रदर्शन

karate

काठमाडौं, २३ मंसिर । नेपालमा जारी दक्षिण एसियाली खेलकुद सागको १३ औँ संस्करणमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । समावेश खेलहरु मध्ये तेक्वाण्डोपछि कराँतेमा नेपालको उत्कृष्ट प्रदर्शन रह्यो ।

कराँतेको १९ स्वर्ण मध्ये नेपालले १० स्वर्ण पदक हात पारेको छ । उत्साहित कराँतेका खेलाडीहरुमा राज्यले थप केही लगानी गर्न सके यो भन्दा ठूला एसियाली प्रतियोगितामा उपलब्धीहरु हासिल गर्न सकिने विश्वास रहेको पाइन्छ ।

यो खुसी, यो उत्साह र यो सपना हो, नेपालमा जारी दक्षिण एसियाली खेलकुद सागको १३ औँ संस्करणमा कराँतेको ४५ किलो समुहको स्पर्धामा स्वर्ण पदक विजेता कुसुम खड्काको । नेपाल आर्मीमा आवद्ध कुसुमले फाइनलमा बंगलादेशकी मोन्जिरा बोर्नालाई ३–२ अंकले पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । स्वर्ण पदक जितेका खेलाडी मात्र होइन, कास्य पदक जितेका खेलाडीको उत्साह पनि उस्तै छ ।

स्रोत साधनको सीमितताका बाबजुद खेलाडीहरुले उच्च मनोवलका साथ प्रतिस्पर्धा गरि विभिन्न पदक जित्दै नेपालको नाम विश्वमाझ चम्काइरहेका छन् । यस्तो अवस्थामा राज्यले थप लगानी गर्न सके अहिलेको भन्दा ठुला उपलब्धिहरु हासिल गर्न सकिने खेलाडीहरु बताउँछन् ।

नेपालमा भएको आठौं सागदेखि प्रतियोगितामा कराँते समावेश गरिएको हो । यस पटक कराँतेमा १९ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएकोमा नेपालले १० स्वर्ण पदक जितेको छ । विविध समस्या र अभावका बीच स्वयं खेलाडीहरुको कडा परिश्रमले यो सफलता मिलेको हो । एसियाली प्रतियोगितामा स्वर्ण जित्ने सपना देखेका खेलाडीहरुको उत्साहलाई जोगाइराख्न र थप उपलब्धिहरु हासिल गर्न राज्य र खेल क्षेत्रका अधिकारीहरुले ध्यान दिनु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);