एजेन्सी, २० मंसिर । अमेरिकामा संसदको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध शक्तिको दुरुपयोग गरेको आरोपमा महाभियोग लगाइने बताएकी छन् ।
वाशिङटनमा आयोजित पत्रकार सम्मेलनमा पेलोसीले राष्ट्रपति ट्रम्प विरुद्ध पर्याप्त प्रमाणहरु जुटाइसकेको भन्दै महाअभियोग लगाउने बताएको संचार माध्यमहरुले जनाएका छन् । ट्रम्पले आफ्नो राजनीतिक फाइदाका निम्ति शक्तिको दुरुपयोग गरेर राष्ट्रिय सुरक्षा दाउमा पारेको कारण महाअभियोगको सामना गर्नुको विकल्प नरहेको उल्लेख गरिन् ।
राष्ट्रपति ट्रम्पले चाहिँ आरोप गलत भन्दै बरु चाँडो यो प्रक्रिया टुँग्याएर मुलुकका मुद्दामा केन्द्रीत हुन आग्रह गरेका छन् । ट्रम्पले युक्रेनका राष्ट्रपतिसंग आफ्ना प्रतिस्पर्धी जो वाइडेनका बारेमा युक्रेनमा रहेको सम्पत्ति छानबिन गर्न दवाब दिएको आरोप लाग्दै आएको छ । सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा जो बाइडन डेमोक्र्याट्स संभावित उमेद्वार हुन् ।