काठमाडौं, १८ मंसिर । साग खेलकुदको एथ्लेटिक्सको १० हजार मिटरमा नेपालले काश्य पदक जितेको छ । पुरुष तर्फको इभेन्टसमा नेपालका दिपक अधिकारी तेस्रो स्थानमा रहे । पहिलो स्थानमा भारतका शुरेस कुमार रहे । दोस्रो स्थान श्रीलंकाका सन मुग स्वारनले हात पारे ।
भारतका सुरेसले २९ मिनेट ३३ दशलमव ६१ सेकेण्डको समय निकाल्दै स्वर्ण जिते । दोस्रो स्थानमा रहेका श्रीलंकाका सनले ३० मिनेट ४९ दशमलव २० सेकेण्डको समय निकाले । यस्तै नेपालका दिपकले ३० मिनेट ५० दशलमव ०६ सेकेण्ड कायम गरे ।