टेनिसको टिम इभेन्टतर्फको दुबै स्वर्ण भारतले जित्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

टेनिसको टिम इभेन्टतर्फको दुबै स्वर्ण भारतले जित्यो

काठमाडौं, १८ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत टेनिसको टिम इभेन्ट तर्फको दुबै स्वर्ण पदक भारतले जितेको छ ।

बुधवार भएको पुरुष तर्फको फाइनलमा भारतले पाकिस्तानलाई २–० ले हराउँदै स्वर्ण पदक जितेको हो । लगातार दुई सिंगल्सको खेल जितेपछि भारतले डबल्स खेल्नुअघि नै स्वर्ण पदक सुरक्षित गरेको थियो ।

पहिलो सिंगल्समा भारतका श्रीराम बालाजी नारायणस्वामीले पाकिस्तानका मुजाम्मिल मुर्तजालाई ४–६, ६–३ र ६–३ ले हराए । अर्को सिंगल्समा भारतका संकेत मिनेनीले पाकिस्तानका अकिल खानलाई ६–२ र ६–२ को सोझो सेटमा हराए ।

महिलातर्फको फाइनलमा भारतले श्रीलंकालाई हरायो । भारतकी प्रेरणा भाम्ब्रीले अनिका सेनेभिरत्नेलाई ६–१ र ६–३ ले हराइन् । अर्को सिंगल्समा सत्विका समाले अन्जलिका कुरेरालाई ६–४ र ६–३ ले पराजित गरिन् ।

पुरुष र महिलाको दुबै टिम इभेन्टमा नेपालले कास्य पदक हात पारेको छ । पुरुषतर्फ भुटानले पनि कास्य पदक हात पार्दा महिला तर्फको अर्को कास्य पदक श्रीलंकाले जित्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);