यू-१९ एसिया कप छनौट: सिंगापुरलाई हराउँदै नेपाल बन्यो समूह विजेता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२९ भदौ, काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ ।

 

यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपाल लगातार तेस्रो जितसँगै समूह एको विजेता बनेको छ ।

 

सिंगापुरले नेपाल सामु राखेको ६८ रनको झिनो लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो ।

 

मलेसियाको क्लब अमानमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८ ओभर तीन बलमा सबै विकेट गुमाएर ६७ रन बनाएको हो ।

 

सिंगापुरलाई कम रनमै आउट गराउन नेपालका पवन सराफले महत्वपूर्ण भूमिका खेले । उनी एक्लैले ६ विकेट लिए । यस्तै किशोर महतोले दुई तथा दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);