महरा र पोखरेलको वडामा कांग्रेस दोब्बर मतले विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

महरा र पोखरेलको वडामा कांग्रेस दोब्बर मतले विजयी

bijayi

बुटवल, १५ मंसिर । सत्तारुढ नेकपाका दुई प्रभावशाली नेताहरुको वडा दाङको घोराही उपमहानगरपालिका वडा नंं. १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी दोब्बर बढी मत अन्तरले विजयी हुनुभएको छ ।

संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै डांगी निर्वाचित हुनुभएको हो । ३ हजार दुई सय २६ मत खसेकामा डांगीले एक हजार दुई सय २२ मत प्राप्त गरी विजयी हुंदा निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार केसीले एक हजार एक सय १७ मत प्राप्त गर्नु भएको छ ।

गत निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी हुनुभएको थियो । बुढाको निधन भएपछि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७२० मत ल्याए भने समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गर्नु भएको छ । ६८ मत बदर भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);