साग पुरुष फुटबलमा नेपालको पहिलो खेल भुटानसँग | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

साग पुरुष फुटबलमा नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं, १२ मंसिर । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहिबार सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो खेल भुटानसँग यहि मंसिर १७ गते खेल्नेछ । यस्तै नेपालले १८ गते श्रीलंकासंग, २० गते माल्दिभ्स र २२ गते बंगलादेशसँग खेल्नेछ । पाँच राष्ट्र सहभागी सागको पुरुष फुटबल राउण्ड रोबिन लिगका आधारमा हुनेछ । शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि खेल्नेछन् ।

भारतले अन्तिम समयमा पुरुष फुटबलबाट नाम फिर्ता लिएपछि पुनःखेल तालिका सार्वजनिक गरिएको हो । यस अघि नेपाल समूह ’ए’ मा परेको थियो । नेपालको समूहमा बंगलादेश र भुटान रहेको थियो ।

सागको पुरुष फुटबलमा नेपाल साविक विजेता हो । भारतमा भएको १२ औं सागमा नेपालले स्वर्ण जितेको थियो । सागको फुटबलमा यु–२३ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा तीन जना सिनियर खेलाडी राख्न पाईने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);