काठमाडौं, ११ मंसिर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान नदिने बताउनुभएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले अनुदानको प्रभावकारीता नभएको बताउनुभएको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले कृषि, उद्योग तथा व्यवसायमा सिधै अनुदान दिंदा कुनै उपलब्धी नभएको बताउँदै उत्पादनका साधनमा मात्र अनुदान दिने उल्लेख गर्नुभयो । त्यसका लागि सरकारले अनुदान सम्बन्धी नीतिमा पुनरावलोकन गर्न लागेको समेत मन्त्री खतिवडाले जानकारी दिनु भयो ।
कार्यक्रममा बैंकले सरकारले कर्जाको सुरक्षा हुनेगरी व्यवस्था गरे सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन कुनै समस्या नरहेको बताएका थिए ।
यसअघि सरकारले विभिन्न ७ शिर्षकका कर्जामा ५ देखि ६ प्रतिशत सम्म अनुदान दिने व्यवास्था गरेको थियो । तर सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत ( कार्यविधि, २०७६ को दोश्रो संशोधनमा थप २ शिर्षक कपडा उद्योग र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिने तालिमका लागि समेत सहुलियत ब्याज अनुदानमा कर्जा दिने व्यवास्था गरेको छ ।




