हङकङको जिल्ला परिषद चुनावमा ऐतिहासिक मतदान | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

हङकङको जिल्ला परिषद चुनावमा ऐतिहासिक मतदान

hongkong election

एजेन्सी, ८ मंसिर । सरकार विरोधी प्रदर्शनका कारण केही समयदेखि अशान्त रहेको हङकङमा भएको जिल्ला परिषद्को चुनावमा ठूलो संख्यामा मतदाताले मतदान गरेका छन ।

सन् २०१५ को चुनावमा मतदान गर्ने भन्दा बढी सख्यामा मत खसेको हङकङका अधिकारीहरूले जनाएका छन् । यो चुनावलाई हङकङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थनको परीक्षणका रूपमा हेरिएको छ ।

लोकतन्त्र पक्षधरहरूले पाँच महिनादेखि सरकार विरोधी आन्दोलन चलाइरहेको हङकङमा चुनावले चीन सरकारलाई पनि सन्देश दिने अपेक्षा गरिएको छ । मतदान अघि लोकतन्त्र पक्षधर आन्दोलनकारीहरूले मानिसहरूलाई मतदान नबिथोल्न आग्रह गरेका थिए ।

प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषदमा आफ्नो प्रतिनिधित्व बढ्ने आशामा छन भने चीन समर्थकहरु पनि आफुहरुले निर्वाचन जित्नेमा आशावादी रहेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । मतदानमा अहीसम्मकै सर्वाधिक मतदाताले भाग लिएका जनाइएको छ । ४ सय ५२ जिल्ला परिषद् पदका लागि १ हजारभन्दा बढी उम्मेदवार मैदानमा रहेको छन ।

हाल चीन समर्थकहरूले उक्त निकायको बहुमत सीट ओगट्दै आएका छन । हङकङ जेलमा रहेका व्यक्तिलाई मुख्य भूमि चीन फर्काउने गरी ल्याइएकोको सुपुर्दगी बिधेयक बिरुद्ध गत जुन महिनादेखि हङकङमा सरकार बिरोधी प्रदर्शन हुदै आएको छ । यद्यपी बिरोध पछि उक्त बिधेयक फिर्ता भइसकेको छ ।

पछिल्लो समय हङकङका नागरिकले प्रजातन्त्र र नागरिक स्वतन्त्रता स्थापना हुनुपर्ने माग गर्दै आन्दोलन चर्काउँदै आएका छन । त्यसैले यो चुनावले वर्तमान सरकारसँग कति समर्थन छ भन्ने परीक्षण गर्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);