बझाङ्गमा भोट हाल्नकै लागि दूई दिन हिड्नु पर्ने बाध्यता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बझाङ्गमा भोट हाल्नकै लागि दूई दिन हिड्नु पर्ने बाध्यता

निर्वाचनको लागी १२५ वटा मतदान केन्द्र ललित सिहं १८ चैत्र बझाङ ।
आगामी बैसाख ३१ गते हुने स्थानिय निकायको निर्वाचनको लागी बझाङमा १२५ वटा मतदान केन्द्र तोकिएको छ । तर लामो संर्घष पछि गाउँपालीकाको मान्यता पाएको साबिकको कांडा गाबिस न्युना गाउँका मतदाताले भने मतदान केन्द्र पुग्न एक दिन हिड्नु पर्ने भएको छ ।

बझाङ्गमा भोट हाल्नकै लागि दूई दिन हिड्नु पर्ने बाध्यता

 

 

ललित सिहं १८ चैत्र बझाङ । आगामी बैसाख ३१ गते हुने स्थानिय निकायको निर्वाचनको लागी बझाङमा १२५ वटा मतदान केन्द्र तोकिएको छ । तर लामो संर्घष पछि गाउँपालीकाको मान्यता पाएको साबिकको कांडा गाबिस न्युना गाउँका मतदाताले भने मतदान केन्द्र पुग्न एक दिन हिड्नु पर्ने भएको छ । करिब ५० मतदाता रहेका यो गाउँबाट मतदान केन्द्र भएको गाउँ धुली सम्म पुग्न निकै टाढा रहेकोले यस अघिका निर्वाचनमा पनि धेरैले मतदान नगर्ने गरेको स्थानियले बताएका छन । कित अधिल्लो दिन नै मतदान केन्द्र भएको ठांउमा पुगिसक्नु पर्छ’ न्यूनाका उमेस बोहराले भने ‘नभए मतदान भएको दिन त्यही बसेर भोली पल्ट मात्र घर फर्किन सकिन्छ ।

 

हिड्न सक्नेहरु रातारात गरेर पनि घर पुग्न सक्छन’ अघिल्लो दिन त्यही बसेमा भोली पल्ट छिटै मतदान गरेर फर्किन सकिने वा सोही दिन विहानै हिडे ३÷४ वजे तिर त्यहां पुगिने भएकाले घर फर्किन नसकिने उनले बताए । मतदान केन्द्र धेरै टाढा भएका कारण घरको काम छुट्ने, बस्तुभाउ र केटाकेटीको हेरचाह गर्ने मान्छे नहुने भएकोले धेरै जसो महिला मतदाताहरु कहिल्यै पनि चुनावमा सहभागी नहुने गरेको न्युनाकी ठिम्सी बोहराले बताइन । उनले भनिन ‘भोट हाल्न कै लागी दुइ दिन काट्नु पर्छ । दुइ दिन सम्म घरपरिवार र केटाकेटी कसको जिम्मा छोड्नु ? त्यै भएर यहांका महिलाहरु भोट हाल्न जादैनन’ न्युनाबाट धुली पुग्न ५ घण्टा र फर्किन त्यति नै समय लाग्ने भएकोले भोट हाल्नेहरु अघिल्लो दिन नै गएर त्यहां बस्ने गरेको उनले बताइन । कांडा गांउपालीका गठन भए पछि साविकका ८ र ९ नंम्बर वडामा रहेका न्युना र बलौडी गांउलाई मिलाएर एउटा वडा बनाइएको छ ।

 

हालको वडा नंम्बर ५ रहेको यो वडाका एक गांउबाट अर्काे गांउ आउनजान गर्न ८ घण्टा भन्दा बढी लाग्छ । हालको मतदान केन्द्र धुलीको भवानी निम्न माध्यमिक विद्यालय सम्म पुग्न बलौडीबाट भने एक घण्टा मात्र लाग्छ । यता न्युनाबाट कांडा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र सम्म पुग्न दुइ घण्टा मात्र लाग्ने भएकाले बरु आफुहरुलाई त्यहां जान सजिलो हुने न्युनाकी बाटुली बोहराले बताइन । ‘त्यही वडामा मतदान केन्द्र राख्दा जुन ठांउमा राखे पनि अर्काे गांउकालाई झन टाढा पर्ने देखियो’ जिल्ला निर्वाचन अधिकारी धुव्रकुमार भण्डारीले भने ‘अघिल्ला निर्वाचनहरुमा यहांका मानिसहरुले धुलीमै रहेको केन्द्रमा मतहाल्ने गरेकोले अहिले पनि त्यही नै तोकिएको हो’ मतदान केन्द्र तोक्दा जिल्ला स्तरका सबै राजनैतिक दलहरुको सर्वदलिय संयन्त्रले तोकेकोले त्यहांको भौगोलिक अवस्था अध्ययन गरेर नै तोकिएको हुनु पर्ने उनले बताए ।

 

तर यस क्षेत्रका स्थानियहरु भन्छन् हामी बिकटका बस्तीका गाउँलेहरुलाई जस्तो सुकै सरकार आए पनि बिकटका बिकटमै रहेको अनुभब गरेको बताएका छन् । २०७० सालको निर्वाचनमा १०० मतदान केन्द्र रहेको यस जिल्लामा अहिले थप २५ वटा मतदान केन्द्र छन् । नयां सिफारिस भएका मतदान केन्द्रहरुमा सबै भन्दा बढी जयपृथ्वी नगरपालीका र विथ्थड चिर गांउपालीकामा ५÷५ वटा थपिएका छन । त्यसैगरी बुङ्गल नगरपालीमा ४ र तल्कोट गांउपालीकामा ३ वटा मतदान केन्द्र थप गरिएको छ । यस्तै छविस पाथिभेरे, केदारस्यूं, कांडा र थलारा गांउ पालिकामा २÷२ वटा केन्द्र थप्न सिफारिस गरिएको छ भने सुर्मा र मष्टा गांउपालीकामा १÷१ वटा थप मतदान केन्द्रको सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);