पाल्पामा मतदान गरेर फर्कदै गर्दा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

पाल्पामा मतदान गरेर फर्कदै गर्दा एकको मृत्यु

पाल्पा, २१ मंसिर। पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए। दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेका थिए । मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो।