पाल्पामा कुलोमा डुवेर शिशुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पाल्पामा कुलोमा डुवेर शिशुको मृत्यु

पाल्पा, १६ माघ । पाल्पाको रामपुर नगरपालिका ५ मटेरीमा कुलोमा डुवेर एक शिशुको मृत्यु भएको छ । मटेरी बस्ने योगमाया थापाको १९ महिने शिशु प्रतिन थापाको कुलोमा डुवेर आज विहान मृत्यु भएको हो ।

आफ्नै घर अगाडि रहेको पानी बग्ने कुलोमा डुबी रहेको अवस्थामा शिशुलाई आमा योगमायाले फेला पारेकी थिइन् । उनले छोरालाई कुलोबाट तत्काल उद्दार गरी उपचारका लागि रामपुर अस्पताल पु¥याएकी थिईन् ।

तर अस्पतालका डाक्टरहरुले भने शिशुको मृत्यु भएको घोषणा गरेका थिए ।घटना लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);