घट्टबाटै झिलिमिली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

घट्टबाटै झिलिमिली

ghatta bijuli

काठमाडौं, ८ मंसिर । राजधानीसँगै जोडिएको काभ्रे जिल्लाका खानीखोला र महाभारत गाउँपालिकामा न केन्द्रीय विद्युत् प्रसारणको लाइन छ, न बिजुलीका खम्बा नै तर पनि यी गाउँका बस्ती झलमल्ल छन् ।

बिजुलीको आन्तरिक खपत बढाउने विकल्पको विषयमा अहिले चर्चा भइरहँदा यी दुई गाउँपालिकामा भने बिजुलीको उपयोगबाटै आर्थिक क्रियाकलाप बढिरहेका छन् । बिजुलीको सीमित पहुँचका बीच पनि स्थानीय खुसी छन् ।

काभ्रेकै तेमाल गाउँपालिकाका केही बस्तीमा पनि व्यवस्थित विद्युतीकरण भइसकेको छैन तर पनि बिजुलीको अभाव भने छैन । परम्परागत तर स्थानीय आवश्यकता पूर्ति गर्नसक्ने घट्ट यी गाउँलाई उज्यालो बनाउने सस्तो र भरपर्दा माध्यम बनेका छन् ।

यी तीनवटै गाउँपालिकामा घट्टबाटै बिजुली आपूर्ति हुँदै आएको छ, त्यो पनि एक दशकअघि देखि नै । बाँकी केही ठाउँमा बिजुली बाल्न यतिबेला स्थानीय सहयोगको खोजीमा छन् । अहिलेसम्म जिल्ला घट्टधनी सङ्घमार्फत यी गाउँमा सुधारिएको घट्टमार्फत विद्युत् उत्पादन गरिएको हो । घट्टधनी सङ्घ काभे्रका अध्यक्ष शिवशरण श्रेष्ठले काभे्रका विकट गाउँमा १५ वटा घट्टबाट विद्युतीकरण गरिएको बताउनुभयो । जिल्लाभर ६३ किलोवाट विद्युत् घट्टमार्फत उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसमध्ये सबैभन्दा बढी खानीखोला गाउँपालिकामा ५१ किलोवाट विद्युत् उत्पादन भएको छ । महाभारत गाउँपालिकामा आठ किलोवाट र तेमाल गाउँपालिकामा ३।५ किलोवाट विद्युत् घट्टबाटै उत्पादन गरिएको छ । खानीखोला गाउँपालिकाको सल्धारा, फलामेटार र साल्मेचाकलका १२ वटा घट्टबाट विद्युत् उत्पादन गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);