साग फुटबलको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

साग फुटबलको खेल तालिका सार्वजनिक

saag

काठमाडौं, ६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पुरुष र महिला फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

शुक्रवार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सार्वजनिक गरिएको तालिका अनुसार पुरुष फुटबलमा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ ।

समूह ए मा रहेको नेपालको समुहमा बंगलादेश र भुटान रहेका छन् । यस्तै भारत समुह बी मा परेको छ । यो समुहमा माल्दिभ्स र श्रीलंका रहेका छन् । नेपालले दोश्रो खेल भने मालिदभ्ससंग खेल्नेछ ।

पुरुष फुटबल प्रतियोगिता डिसेम्बर १ तारिखदेखि सुरु हुँदैछ । नेपालले पहिलो खेल डिसेम्बर एकमा नै खेल्नेछ भने दोस्रो खेल डिसेम्बर पाँच तारिखमा हुनेछ । यसैगरी महिला फुटबलमा नेपालले पहिलो खेल श्रीलंकासंग खेल्नेछ ।

नेपालको पहिलो खेल आगामी डिसेम्बर ३ तारिकमा हुनेछ । यस्तै डिसेम्बर ५ मा माल्दिभ्ससंग खेल्नेछ । डिसेम्बर ७ मा भारतसंग खेल्नेछ । राउण्ड रोविन लिगका आधारमा शीर्ष दुई टिमले फाईनल खेल्नेछ ।

डिसेम्बर ९ मा फाईनल खेलको मिति तय गरिएको छ । सागको महिला फुटबलमा चार टिमले मात्र खेल्नेछन् । नेपाल सहित श्रीलंका, भारत र माल्दिभ्सले सागको महिला फुटबलमा सहभागीता जनाउनेछन् ।

अन्तिम समयमा आएर पाकिस्तान, भुटान र बंगलादेशले नखेल्ने बताएका छन् । सागको महिला फुटबलमा भारतले स्वर्ण जित्दै आएको छ । नेपाल सबै सहभागीतामा रजतमै सिमिति छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);