प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाद्वारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाद्वारा पदभार ग्रहण

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले कार्यभार सम्हाल्नु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मंगलबार दिउँसो पत्रकारहरु भेला पारेर कार्यभार सम्हाल्नु भएको हो ।

त्यस अवसरमा उहाँले प्रधानमन्त्री कार्यालयबाट प्राप्त हुने सबै सूचनामा पत्रकारहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले प्रेस नोटमार्फत् अन्य मन्त्रालयका लोकप्रिय कार्यक्रमबारे पनि आफूले समाचार माध्यामहरुलाई जानकारी दिन पहल गर्ने पनि बताउनु भयो ।

तर संचार माध्यामहरुले अनुमानको आधारमा समाचार भने बनाउन नहुने उहाँले पटकपटक दोहो¥याउनु भयो । आफू सूचना लुकाउने संस्कृतिबाट नआएको थापाको भनाई थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जनताबीच सरकारको सत्य, तथ्य र यथार्थपरक जानकारी मिडियामार्फत सार्वजनिक गराउन आफू सदा तत्पर हुने पनि बताउनु भयो ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारको भूमिका निर्वाह गरिसक्नु भएका उहाँले आफूले सूचना लुकाउन दिनु हुँदैन भन्ने मान्यताको आधारमा प्रेस नोट जारी गर्ने प्रचलन सुरु गरेको दावी समेत गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);