भारतको 'सी' टिमसँग नेपाल १५५ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

भारतको ‘सी’ टिमसँग नेपाल १५५ रनले पराजित

nepal vs india c

काठमाडौं, १ मंसिर । भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतको ‘सी’ टिमसँग फराकिलो अन्तरले पराजित भएको छ । भारतको हैदरवादमा आइतबार भएको खेलमा नेपाल भारतको ‘सी’ टिमसँग १ सय ५५ रनले पराजित भएको हो ।

भारतले दिएको २ सय ५९ रनको लक्ष्य पछयाएको नेपाल ३२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो । नेपालका लागि खडक बहादुर बोहरा र कुशल मल्लले समान २६/२६ रन जोडे ।

यस्तै तृत राज दासले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । भारतका सुभाङ समर्थले ३ विकेट लिए । यस्तै रबी रोशन, रन्जन पाउल र विद्याधर पाटिलले २/२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो । यस अघि पहिलो खेलमा नेपाल ’सी’ टिमसँगै १० विकेटले पराजित भएको थियो । यस्तै भारतको ’ए’टीमसँग १ सय ७ रन र ’बी’ टिमसँग २ विकेटले पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);