बोलिभियाका विपक्षी सिनेटरद्वारा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा, संसदमा विवाद | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

बोलिभियाका विपक्षी सिनेटरद्वारा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा, संसदमा विवाद

senator rastrapati

एजेन्सी, २७ कात्तिक । बोलिभियाकी विपक्षी सिनेटर जीनाइन अनेजले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन् । निर्वाचनमा धाँधली भएको आरोपमा व्यापक विरोध प्रदर्शन भएपछि राष्ट्रपति इभो मोरालेजले गएको आइतबार राजीनामा दिएका थिए ।

विपक्षी सिनेटरले आफूलाई राष्ट्रपति घोषणा गर्न आयोजित सिनेटको बैठक मोरालेजको पार्टीका विधायकहरुले बहिस्कार गरेको बीबीसीले जनाएको छ । मोरालेसका पार्टीका सांसदहरुले उक्त बैठकलाई बहिस्कार गरेका कारण उनको नियुक्तिका लागि कोरम भने पूरा भने थिएन ।

तर, ती सिनेटरले आफू संविधानअनुसार राष्ट्रपतिको दावेदार भएको जनाउँदै चाँडै निर्वाचन गराउने बताएकी थिइन् । सो घोषणालाई लिएर पूर्व राष्ट्रपति मोरालेजले अनेजलाई दक्षिणपन्थी ‘कू’ को संज्ञा दिएका छन् । साथै उनले आफ्नो जीवन असुरक्षित भएको भन्दै मेक्सिकोमा शरण लिएर बसिरहेका छन् । कृषक पृष्ठभूमिबाट आएका मोरालेस सन् २००६ मा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);