वरिष्ठ चिकित्सक गोविन्द केसीद्वारा अनसन स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

वरिष्ठ चिकित्सक गोविन्द केसीद्वारा अनसन स्थगित

govinda kc recent news

काठमाडौं, २६ कात्तिक । अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीले मंगलबार अनसन तोड्नु भएको छ । राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित गरेको डाक्टर केसीले विज्ञप्ति मार्फत जनाउनु भएको छ ।

चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उहाँ विगत ९ दिनदेखि डडेल्धुरामा अनसन बस्नु भएको थियो । केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

सरकारले आफ्नो माग पूरा नगरे पुनः अनसनसहितका आन्दोलनका कार्यक्रम ल्याउने पनि बिज्ञप्तिमा उल्लेख छ । केसीले अनसनकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको भूभाग भारतमा समेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको उल्लेख गर्नु भएको छ ।

कालापानीमा मिचिएको सीमाबारे डाक्टर केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको चिठी मंगलबार नै काठमाडौंस्थित भारतीय दूताबासमा बुझाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);