विश्व सम्पदामा सूचिकृत बसन्तपुर दरबार क्षेत्र पार्किङस्थल बन्दै | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

विश्व सम्पदामा सूचिकृत बसन्तपुर दरबार क्षेत्र पार्किङस्थल बन्दै

basanta durbar square

काठमाडौं, २६ कात्तिक । विश्व सम्पदा सूचिमा रहेका केहि नेपाली सम्पदालाई विश्व सम्पदा संरक्षण युनेस्कोले खतराको सूचिमा राखेको छ । तर पनि त्यस्ता सम्पदा जोगाउनमा सकारले कुनै कदम चाल्न सकेको छैन । काठमाडौं महागनगर पालिकाले काठमाडांैका विभिन्न पर्यटकीय क्षेत्रमा सवारी आवागमन निषेध गरेको छ । तर विश्व सम्पदाको सूचिमा रहेको बसन्तपुर दरबार भने सवारी साधन पार्किङ गर्ने थलो रुपमा विकसित हुदै आएको छ ।

विश्व सम्पदा सूचीमा रहेको बसन्तपुर दरबार क्षेत्र आफैंमा महत्पूर्ण तथा प्राचिन इतिहास हो । यहाँ पर्यटकको चहलपहल पनि अन्य स्थानको भन्दा बढि नै हुने गर्दछ । स्वदेशी तथा विदेशी पर्यटकले सँधै भरिभराउ भइरहने यस क्षेत्रलाई ७२ सालको भुकम्पले ध्वस्त बनायो । भूकम्पको पिडालाई भुल्दै पुरानै स्वरुप कायम गर्न सफल हुँदै गर्दा जथाभावी रुपमा पार्किङ गरिएका सवारी साधनले भने दरबार क्षेत्रलाई पर्यटकीय क्षेत्र नभएर कुनै व्यापारीक हाटबजार जस्तै बनाएको छ ।

उपत्यकामा स्मार्ट पार्किङको सफल प्रयोग र विस्तारको प्रयास भइरहँदा अन्तराष्ट्रिय रुपमा परिचित सम्पदा बसन्तपुरमा भने पार्किङ खुलमखुल्ला गर्न पाइन्छ । छेवैमा पार्किङ निषेधको बोर्ड राखिएको छ । तर त्यही बोर्डलाई अडेस लगाएर पार्किङ गर्नेको कमी छैन । काठमाडौंको मुटुमा रहेको यस दरबारमा प्रति न त महानगरकै ध्यान जान सकेको छ न त गुठिसंस्थान कै । काठमाडौंका पर्यटकीय क्षेत्रलाई सवारी मुक्त बनाइरहँदा बसन्तपुरमा भइरहेको अव्यवस्थित सवारी आवागमन तथा पार्किङ प्रति महानगरले कुनै कदम चालेको पाइदैन ।

विश्व सम्पदा सूचिले नेपाली सम्पदालाई पटक पटक खतराको सूचिमा राख्दै आएपनि त्यस प्रति सरोकारकावाला निकायले कुनै चासो देखाएको छैन । मुलुक संघीयतामा गइसकेको २ बर्ष वितिसक्दा पनि स्थानीय तह कानुनी गत रुपमा अझै अलमल रहको भन्दै महानगर कर्तव्यबाट पन्छिएको देखिन्छ ।

जनतामा पनि आफ्नो सास्कृतिक धरोहर जोगाऔँ अनि सुन्दर बनाउ भन्ने भावनाको सट्टा निशुल्क सवारी राख्न पाउने कुराले नै लोभ्याएको देखिन्छ ।

पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै पर्यटन बर्ष सुरु हुँदा वसन्पुर क्षेत्रलाई पनि सवारी मुक्त बनाउने महानगरको योजना छ । तर पर्यटन बर्षलाई मात्र कुरेर बस्दा पर्यटकलाई अव्यवस्थित बसन्तपुर क्षेत्रले आर्कषण गर्न सक्ला र ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);