काठमाडौं महानगर भित्र नयाँ विद्यालय संचालनमा रोक, तर कार्यान्वयनमा आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं महानगर भित्र नयाँ विद्यालय संचालनमा रोक, तर कार्यान्वयनमा आशंका

ktm mahanagarpalika

अप्सरा गौतम
काठमाडौं, २६ कात्तिक । काठमाडौं महानगर क्षेत्रभित्र नयाँ विद्यालय संचालन गर्न नदिने निर्णयप्रति मिश्रित प्रतिक्रिया आएको छ । हाल संचालनमा रहेका बिद्यालयलाई गुणस्तिरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ बिद्यालय संचालनमा रोक लगाएको छ । महानगरको यो निर्णय सकारात्मक भएपनि लागु हुनेमा भने आशंका पैदा हुने देखिएको छ।

काठमाडौं महानगर भित्र ९२ सार्वजनिक र ६ सय ४४ संस्थागत विद्यालयहरु संचालनमा रहेको छ । ती विद्यालयमा २ लाख ३१ हजार ४ सय विद्यार्थी अध्यनरत छन् ।

यस मध्ये १ लाख ९२ हजार हजार ७ सय जना संस्थागत विद्यालय र ३८ हजार ७ सय सामुदायिक विद्यालयमा अध्यनरत छन् । मुलुक संघीयतामा गएपछि विद्यालय संचालन र ब्यबस्थापन गर्ने जिम्मा स्थानिय तहले पाएको छ ।

अधिकार पाएसँगै काठमाडौं महानगरपालिकाले अब महानगर क्षेत्र भित्र नयाँ विद्यालय खोल्ने र संचालन गर्ने अनुमति नदिने निर्णय गरेको छ ।

महानगर भित्रका ९१ सामुदायिक बिद्यालय भित्रमा १७ सय ९४ जना शिक्षक कार्यरत रहेका छन । महानगर भित्र ब्यापार गर्ने उद्देश्यले धेरै विद्यालयहरु खोलिएका छन ।

विद्यार्थी संख्या पनि कुनै विद्यालयमा बढी त कुनै विद्यालयमा न्यून रहेका छन् । व्यवसाय मात्र गर्ने गरी च्याउ उम्रेसरी खोलीने बिद्यालयको गुणस्तर नहुने सरोकारवालाहरु बताउँछन् ।

गुणस्तरीय शिक्षाका लागि महानगरले चालेको यो कदम उचित भए पनि लागु हुनेमा भने शंका गरिएको छ । स्थानिय निकायले नयाँ बिद्यालय खोल्न न दिने भन्दा पनि पहिला चालु गरेका विद्यालयलाई व्यवस्थापन गर्नूपर्ने कतिपयको भनाई छ ।

काठमाडौं महानगरले शिक्षालाई अझ गुणस्तर बनाउनका लागि आगामी शैक्षिक सत्रदेखी नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक ब्यबस्थापन जस्ता विषयहरुलाई पाठ्यक्रमका रुपमा लागुगर्ने जनाएको छ ।

महानगरले विद्यालयलाई गुणस्तरीय बनाउनका लागि महानगर भित्र नयाँ विद्यालय संचालन गर्न नदिने बताएपनि उच्च माध्यमिकतहका विद्यालय र धार्मीक विद्यालयमा भने आवश्यक्ता अनुसार संचालन गर्न दिने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);