झापा, २२ कात्तिक । सिक्किम एफसीलाई टाइब्रेकरबाट हराएर त्रिभुवन आर्मी क्लब झापामा जारी हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पाहुना टोली सिक्किमसँगको रोमाञ्चक भिडन्तपछि भएको टाइब्रेकरमा अन्तरको नतिजा निस्केको थियो । पहिलो हाफ गोलरहित खेलेको दुवै टोलीले फाइनल यात्रा प्रवेशका लागि टाइब्रेकर रोजिएको थियो ।
आर्मीले टाइब्रेकरमा ४–३ गोलले सिक्किमको चुनौती समाप्त पारेको हो । उत्कृष्ट प्रदर्शन गरेको सिक्किमले सेमिफाइनलबाटै बाहिरिएपछि समर्थक निराश बनेका थिए ।
आर्मीको तुलनामा सिक्किमका खेलाडी अधिकांश समय बल पोजिसन लिए पनि फ्रन्ट लाइनबाट फिनिसिङ कमजोर हुँदा स्कोर हुन सकेन ।
शनिबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेबीच अन्तिम सेमिफाइनल खेल हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।




