काठमाडौं, २२ कात्तिक । भारतले नेपाली भूमिलाई आफ्नो सीमाभित्र पारेर नक्सा जारी गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेवि संघ) ले प्रदर्शन गरेको छ ।
शुक्रबार पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’ लगायतका नारा लगाएका थिए । भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारिएको छ । यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ ।