राजपा अध्यक्षमण्डलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

राजपा अध्यक्षमण्डलको बैठक बस्दै

RAJAPA MEETING

काठमाडौं, १९ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले उपनिर्वाचन र जिल्ला तहसम्मको अधिवेशनबारे छलफल गर्न आज अध्यक्षमण्डलको बैठक बोलाएको छ । पार्टी मुख्यालय बबरमहलमा बस्न लागेको आजको बैठकले आसन्न मंसिर १४ को उपनिर्वाचनका लागि उम्मेदवार पनि तय गर्ने बताइएको छ ।

आजै ५२ पर्यवेक्षकले जिल्ला जिल्लामा तदर्थ समिति गठन गर्ने प्रक्रिया शुरु गर्ने राजपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । राजपाले २४ कात्तिकमा वडा, २६ कात्तिकमा पालिका, २८ कात्तिकमा प्रदेशसभा र प्रतिनिधि सभा अन्तर्गत अधिवेशन आह्वान गरेको छ । साथै कात्तिक ३० मा जिल्ला अधिवेशन गर्ने तयारी राजपाले गरेको छ ।