फौजी किराले धान सखाप, किसान चिन्तित | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

फौजी किराले धान सखाप, किसान चिन्तित

काठमाडौं, १४ कात्तिक । मानो रोपेर मुरी भित्र्याउने समयमा धानको बालीमा फौजी किरा लागेपछि विभिन्न जिल्लाका कृषकहरु निरास भएका छन् । कहिले बजार नपाएर त कहिले बाली नलागेर मर्कामा पर्दै आएका किसानहरु विगत केही महिनादेखि फौजी किराको प्रकोपले चिन्तित भएका हुन् ।

नेपालगञ्ज, बारा, झापा लगायतका जिल्लाहरुमा धानबाली तथा मकै बालीलाई फौजी किराले नष्ट गरिदिँदा किसानहरु चिन्तित भएका हुन् ।

असार र श्रावणमा धान रोपी तिहार पछिको समय किसानहरुले धान काटेर घर भित्र्याउने समय हो । तर धान काट्न केही दिन बाँकी रहंदा फौजी किरा लागेपछि किसानहरु वर्षभरी घरपरिवारको मुख कसरी टाल्ने भनी चिन्तित देखिन्छन् ।

बाँके र बाराका प्राय किसानहरु आकासे पानीको भरमा खेती गर्छन् । अझ समयमा विउ, मल अभावको समस्यालाई चिर्दै लगाएको खेती पनि भित्र्याउने समयमा फौजी किराले खेती नष्ट गर्दा किसानहरु मर्कामा परेका छन् ।

बारामा त फौजी किराले धान मात्र होइन मकै पनि नष्ट सखाप पारेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा करिब १ सय ३५ बिगाहा, कलैया उपमहानगरपालिकामा १ सय ४८ विगाहा ७ कट्ठा र रामनगर, कोल्वी नगरपालिका, फेटा गाउँपालिका, निजगढ नगरपालिका, सिम्रौनगढ नगरपालिकामा गरी करिब ४ सय बिगाहामा लगाएको धान वालीमा फौजी किराले क्षति पु-याएको छ ।

यता नेपालगञ्जमा पनि फौजी किराले धान खेती नष्ट गर्दा किसानहरुलाई बर्षभरी के खाने भन्ने चिन्ताले सताएको छ । किसानहरुले राज्यले राहत दिनुपर्ने भन्दै गुहार गरेका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले भने केही कृषकहरुलाई परिक्षणका लागि किटनाशक औषधी वितरण गरिएको बताउनु भयो ।

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ । फौजी किराले सताएपछि अहिले किसानहरुले राज्यले किसानहरुका लागि राहतको व्यवस्था गरिदिनु पर्छ भनेर सम्बन्धित निकायहरु धाउन थालेका छन् ।

फौजी किराले घाम र पानी सहन सक्दैन । त्यसैले औषधिका साथै खेतको चारै तिर कुलो जस्तो बनाएर त्यसमा पानी भरी विषादी छर्किएमा फैजी किरा नियन्त्रणमा आउने धान बालीका प्राविधिकहरु बताउँछन् ।

विषेशगरी अहिले राप्तीसोनारी, डुडुवा बैजनाथ, जानकी गाउँपालिकाका साथै नेपालगञ्ज उपमहानगरपालिकाका केही वडाहरुमा पनि फौजी किराले सताएको छ । कृषि ज्ञान केन्द्र बाराका बाली विकास अधिकृत राजनारायण साहका अनुसार हाल सम्म ४ सय विगाहा खेतको साह्रो अर्थात भदैया धान फौजी किराले नष्ट गरेको छ ।

यसैगरी फौजी किराले जिल्लाको सिम्रौनगढ क्षेत्र, कलैया उपमहानगरपालिका–२६ र २७, जीतपुरसिमरा उपमहानगरपालिकाको मनहर्वा, रामनगर लगायतको ईलाकामा अत्याधिक नोक्सानी गरेको छ ।

नेपालगञ्ज र बारा सहकर्मीको सहयोगमा

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);