६ लाखसहित आठ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

६ लाखसहित आठ जुवाडे पक्राउ

juwade pakrau

दाङ, ११ कात्तिक । लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा आज प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले रु छ लाख ७८ हजार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विनोदविक्रम शाहकाअनुसार पक्राउ पर्नेमा जुवा खेलाउने श्रेष्ठ, लमही नगरपालिका–८ का प्रकाश खड्का, सोही ठाउँका कर्णबहादुर बुढाथोकी, खिम पुन, अशोककुमार खड्का, लमही नगरपालिका–३ का अमरबहादुर तामाङ, वडा नं ६ का भिविराज किराती र लमही–५ का मुकेश चौधरी छन् ।

इलाका प्रहरी कार्यालय लमहीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइने शाहले बताउनु भयो ।

ताजा समाचार