काठमाडौं, ४ कात्तिक । सोमबार पनि शेयरबजार परिसूचक नेप्से ओरालो लागेको छ । नेप्से एक दशमलब तीन तीन अंकले घटेर परिसूचक एक हजार एक सय ३२ दशमलब चार शून्य अंकमा पुगेको छ ।
१ सय ४५ कम्पनीका ६ लाख ८ हजार ६ सय १ कित्ताशेयर तीन हजार ४ सय २५ पटकको कारोबारबाट १६ करोड ४३ लाख ४९ हजार ५ सय ३६ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब तीन सात अंकले घटेर २ सय ४७ दशमलब नौ आठ अंकमा पुगेर बन्द भएको छ ।
सोमबार कारोबार भएका ११ समूहमध्ये ५ वटा समूहको परिसूचक ओरालो लागेको छ । सोमबार प्रभु बैंकको सबैभन्दा बढी एक करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।




