हङकङमा चार महिनादेखि सरकार बिरुद्धको प्रदर्शन जारी, जनजीवन अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८१, शनिबार

हङकङमा चार महिनादेखि सरकार बिरुद्धको प्रदर्शन जारी, जनजीवन अस्तव्यस्त

काठमाडौं, ४ कात्तिक । हङकङमा जारी सरकार विरुद्धको प्रदर्शनमा आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन् ।

सरकारले प्रतिबन्ध लगाएको प्रदर्शनमा सहभागी हजारौं हङकङबासीले कालो लुगा लगाएर निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले बल प्रयोग गरेपछि उनीहरुमाथि नै पेट्रोल बम प्रहार भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

हङकङमा चार महिनादेखि जारी विरोध प्रदर्शनका कारण जनजीवन अस्तव्यस्त भएको छ । पछिल्लो एक साता स्थगित भएको प्रदर्शन फेरि सुरु भएको हो । प्रदर्शनमा उत्रिएकाहरुले सार्वजनिक जमघटमा अनुहार छोप्न नपाइने भन्दै सरकारले लगाएको प्रतिवन्धको उल्लंघन गरेर मास्क लगाएका थिए ।

आन्दोलनकारीले स्वतन्त्रता सम्बन्धि आफ्ना मागसँगै विवादास्पद सुपुर्दगी सम्बन्धी विधेयक खारेज गर्नुपर्ने यसअघिको मागलाई यथावत राखेको जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);