क्याटलोनिया स्वतन्त्रताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दै | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

क्याटलोनिया स्वतन्त्रताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दै

catalan protest

एजेन्सी, ३ कात्तिक । स्पेनको स्वायत्त क्षेत्र क्याटलोनिया स्वतन्त्रताको माग गर्दै भएका प्रदर्शन हिंसात्मक हुन थालेपछि ५० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । क्याटलोनियाको स्वतन्त्रता पक्षधर समूहले स्पेनबाट आफूहरूलाई स्वतन्त्रको माग गर्दै गरेको प्रदर्शनमा बार्सिलोना लगायतका मुख्य शहरहरुमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्तहुन थालेपछि ५० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको हो ।

क्याटलोनिया स्वतन्त्रता आन्दोलनका नेता कार्ल पुज्देमोन लगायतका नेताहरूविरूद्ध स्पेनले यूरोप तथा अन्तराष्ट्रिय पक्राउ पूर्जी जारी गरेपछि आन्दोलन सुरुभएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । स्पेनबाट क्याटलोनियालाइ स्वतन्त्र घोषणा गर्ने भन्दै स्वतन्त्रताका पक्षधरहरुको अगुवाइमा सन् २ हजार १७ मा गरिएको जनमतसंग्रहका आधारमा क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गरिएको थियो । स्पेनले यो जनमत संग्रहलाइ मान्यता दिएको छैन ।

क्याटलोनिया स्वायत्त क्षेत्रको प्रहरीका अनुसार ५४ जना प्रदर्शनकारीलाई नियनत्रणमा लिइएको छ । प्रदर्शनका क्रममा करिब १०० जना घाइते भएका र ५० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रदर्शनकारीले क्याटलोनियाको स्वतन्त्रताको माग गर्ने विभिन्न नौ राजनीतिज्ञलाई सर्वाेच्च अदालतले दिएको जेल सजाय विरुद्ध गरेपछि पछिल्लो प्रदर्शन सुरु भएको हो ।

ताजा समाचार