सुनखानीको बाँध भत्किँदा १५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनखानीको बाँध भत्किँदा १५ जनाको मृत्यु

dam collapse russia

एजेन्सी, ३ कात्तिक । रुसको साइबेरियास्थित सुनखानीको बाँध भत्किँदा १५ जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि साइबेरियाको सुनखानीस्थित बाँध भत्किँदा १५ जनाको मृत्यु भएको र १३ जना हराइहेको रुसको स्वास्थ्य मन्त्रालयलाइ उदृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

बाँध भत्केर सुनखानिको केबिनहरु पानीले भरिँदा यो दुर्घटना भएको हो । रुसका राष्ट्रपति भ्लादीमिर पुटिनले दुर्घटनापछि सुरक्षाका संयन्त्रहरुको अवस्था र यसमा कुनै आपराधिक क्रियाकलाप पनि हुनसक्ने आशंकामा अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

राजधानी मस्कोबाट ४ हजार किलोमिटर पुर्वमा रहेको दुर्घटना स्थलमा वेपत्ताहरुको खोजिका लागि आवश्यक सबैकार्य गर्न समेत राष्ट्रपति पुटिनले निर्देशन दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);