क्याटलोनिया स्पेनमै रहिरहने स्पेनी राजाको दाबी, प्रत्यक्ष शासन लागू गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौँ, ४ कार्तिक । स्पेनी राजा फेलिपे छैटौँले क्याटलोनिया स्पेनको महत्त्वपूर्ण हिस्सा रहेको र रहिरहने बताएका छन्। क्याटलोनिया स्वतन्त्रतासम्बन्धी विवादमा स्पेनी राजाले गरेको हस्तक्षेप यो दोस्रो पटक हो। उत्तरी शहर अभिएदोमा आयोजित एउटा पुरस्कार वितरण समारोहमा बोल्दै राजा फेलिपेले क्याटलन सरकारले विभाजन सिर्जना गरिरहे पनि स्पेनले लोकतान्त्रिक संस्थामार्फत समस्याको हल गर्ने बताए।

क्याटलन नेताहरुले स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने चेतावनी दिइरहँदा मड्रिडले क्याटलोनियामा प्रत्यक्ष शासन लागू गर्ने योजना बनाइरहेको छ।

क्याटलन विवादमा मध्यस्थता गर्दैनौँः इयु

क्याटलोनियाले स्वतन्त्रता थेग्न सक्ला

स्वतन्त्रताको विपक्षमा केन्द्र सरकारसँगै उभिएको स्पेनको विपक्षी दलका अनुसार आउँदो जनवरीमा क्याटलोनियामा चुनाव गराउने योजना छ। शनिवार स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाबारे अवलम्बन गरिने नीतिको घोषणा गर्नेछन्।

केन्द्र सरकारले संविधानको धारा १५५ सक्रिय तुल्याउने बताएको छ जसअनुसार क्याटलोनियामा पहिलो पटक केन्द्र सरकारको प्रत्यक्ष शासन हुनेछ। क्याटलोनियाको क्षेत्रीय प्रहरी बललाई पनि केन्द्र सरकारले आफ्नो नियन्त्रणमा ल्याउन सक्छ। यद्यपि धारा १५५ ले स्वायत्तता निलम्बन गर्ने पूर्ण अधिकार सरकारलाई दिंदैन।

स्वतन्त्र राष्ट्र बनाउने अधिकार पायौँ

स्पेनबाट स्वतन्त्र हुनका लागि भन्दै क्यालोनियामा यही अक्टोबर १ तारिखमा जनमत संग्रह गराइएको थियो। तर स्पेनको संवैधानिक अदालतले उक्त जनमत संग्रहलाई गैरकानूनी घोषणा गरिसकेको छ। यसअघि स्पेनी राजा फेलिपेले क्याटलन नेताहरुले लोकतान्त्रिक सिद्धान्त तथा विधिको शासनको उल्लंघन गरेको र केन्द्रप्रति अनादर देखाएको बताएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);