यातायात कार्यालयको छानो खस्दा ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नयाँ दिल्ली । दक्षिणी भारतको तामिल नाडू राज्यमा अवस्थित यातायात कार्यालय भवनको छाना खस्दा शुक्रबार बिहान आठ जनाको ज्यान गएको समाचार छ। चेन्नईबाट करिब ३१२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी आठ जनाको ज्यान गएको समाचारमा जनाइएको छ।

मृत्यु हुने सबैजना सोही कार्यालयका कर्मचारी रहेका बताइएको छ। उक्त भवनको छाना शुक्रबार बिहानी पख करिब साढे तीन बजे अकस्मात खसेको थियो । त्यस समयमा ती व्यक्तिहरु सोही कार्यालयमा सुतेका थिए। त्यसमा परी अरु तीन जना घाइते भएका छन्।

गम्भीर घाइते उनीहरुलाई भत्किएको सो भवनको भग्नाबशेषबाट उद्वार गरेर अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीकाअनुसार सो भवन किन भत्कियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ। भारतमा यसरी भवन भत्किने घटना दोहोरिइरहेका पाइन्छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);