एजेन्सी, १ कात्तिक । मेक्सिकोको उत्तरी क्षेत्रमा सुरक्षाकर्मी र लागूऔषध तस्करहरुबीच झडप भएको छ । मेक्सिकोकोे कुलिएकान क्षेत्रमा प्रहरीको गस्तीका क्रममा शक्तिशाली लागूऔषध तस्करका नाइके ओभिडीओ गजम्यान लोपेज प्रक्राउ परेपछि भएको झडपका क्रममा दोहोरो गोली हानाहान समेत भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जाएका छन् ।
मेक्सिकोका लागू औषध तस्करका बादशाह मानिने ओभिडीओ गजम्यान लोपेज, एल च्यापो गजम्यानका छोरा हुन् । एल च्यापो हाल अमेरिकामा तस्करीको आरोपमा जेल सजाय भोगिरहेका छन् । एल च्यापो अमेरिकामा पक्राउ परेपछि तस्करीको सबै कारोबार सम्हालेका गजम्यान लोपेजलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा पनि तस्कर र प्रहरीमाथि बीच गोली हानाहान भएको थियो ।
यो घटना हिंसात्मक हुन थालेपछि गजम्यानलाई रिहा गरेको मेक्सीकोका सुरक्षामन्त्री अल्फान्सो दुराजोले जनाएका छन् । मेक्सीकोका राष्ट्रपति एन्ड्रीज म्यानुएल लोपज ओब्राडोरले यसका सम्बन्धमा निर्णय गर्न सुरक्षा बैठक बस्ने बताएका छन् ।
ओब्राडोर मेक्सीकोमा लागूऔषधका तस्करलाई कारबाही गर्ने एजेन्डा अघिसारेर राष्ट्रपतिमा निर्वाचित भएका हुन् । गोली हानाहानका क्रममा केही व्यक्तिको मृत्यु भएको खवर सार्वजनिक भएपनि आधिकारिक रुपमा पुष्टी भएको छैन ।