विश्व सम्पदा पदमार्गबारे स्थानीयवासी अनभिज्ञ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विश्व सम्पदा पदमार्गबारे स्थानीयवासी अनभिज्ञ

swayambhunath

काठमाडौं, २९ असोज । ‘विश्व सम्पदा पदमार्ग’बारे सरोकारवालाहरूमा पर्याप्त जानकारी नभएको पाइएको छ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू र हनुमानढोका दरबार क्षेत्र जोड्ने गरी पदमार्गको खाका बनाएको छ तर यसबारे सरोकारवालाले पर्याप्त जानकारी नपाएको गुनासो गरेका छन् ।

पदमार्गबारे गुरुयोजना बनिसकेको छ । यसमा सरोकार स्थानीयले पनि सहभागिताका लागि चासो राखेका छन् । महानगरपालिकाले पाँच महिनाअघि गते वैशाख ५ गते विश्व सम्पदा दिवसको अवसर पारेर सार्वजनिक गरेको ‘विश्व सम्पदा पदमार्ग’को गुरुयोजनाबारे सरोकारवालाले नै सूचना नपाएको गुनासो गरेका हुन् । दुई विश्व सम्पदाबीचको ५० मिटरको दूरीमा पर्ने बाटोलाई विश्व सम्पदा पदमार्ग बनाउने योजनासहित काठमाडौँ महानगरपालिकाअन्तरर्गत सहरी योजना आयोगले गुरुयोजना निर्माण गरेको थियो । यो स्थानीयले आवतजावत गर्न सदियौँदेखि प्रयोग गर्दै आएका परम्परागत बाटो हो ।

काठमाडौँ महानगरपालिका–१५, निपुहिटी निवासी आर्किटेक्चर हरिप्रसाद वैद्यले भन्नुभयो, “एक पटक प्लेकार्ड बोक्दै केही मान्छे हिँडेका थिए तर मेरै घरअगाडिको बाटोलाई महानगरपालिकाले विश्व सम्पदा पदमार्ग बनाउने गुरुयोजना बनाएकोबारे मलाई थाहा छैनध्र” हनुमानढोकाबाट मरुहिटी हुँदै स्वयम्भू भगवान्पाउ पुग्ने परम्परागत बाटोलाई विश्व सम्पदा पदमार्ग बनाउने कुरा स्वागतयोग्य छ, ढिलै भए पनि महानगरपालिकाले ल्याएको योजना त राम्रै लाग्यो तर यति राम्रो योजनाबारे स्थानीय बासिन्दालाई सुसूचित गर्न सके छिटो काम सम्पन्न हुने उहाँले बताउनुभयो । मरुहिटीबाट स्वयम्भू जाने बाटोमै सदियौँदेखि सञ्चालित तोरीको तेल पेल्ने पम्परागत काठको मिल ९कोल० छ ।

त्यो कोल हाल लोपोन्मुख अवस्थामा छ । मिलका सञ्चालक किरण मानन्धर सम्झनुहुन्छ, “एक वर्षअघि मिलअगाडिको बाटोलाई विश्व सम्पदा पदमार्ग बनाउने भन्दै केही मानिस आएका थिए । अहिलेसम्म सो पदमार्गबारे छलफल गर्न कहीँकतैबाट सूचना आएको छैन ” मेश खड्गीले त्यस पदमार्गमा परम्परागत एवं प्रचलित कथन जोडिएको लुखुतीर्थलाई नसमेटेको भन्दै गुनासो गर्नुभयो ।यो समाचार गोरखापत्र दैनिकमा लेखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);