खुलामञ्चमा फेरि टहरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

खुलामञ्चमा फेरि टहरा

khullamancha-satar

काठमाडौं, २९ असोज । खुलामञ्चमा फेरि व्यवसायीले कब्जा जमाएका छन्। अस्थायी बसपार्क रहेको यसक्षेत्रमा काठमाडौं महानगर र गुठी संस्थानको मिलेमतोमा व्यवसायीले फेरि कब्जा गरेका हुन्। ६ महिनाअघि काठमाडौं महानगरले बसपार्कका ४० टहरा हटाएको थियो। स्थानीयको चर्को गुनासोपछि अवैध संरचना हटाउन महानगरका मेयर विद्यासुन्दर स्वयम त्यहाँ पुगेका थिए।

बसपार्कको दुईमाजु गुठी मन्दिर परिसरमा व्यवसायीले पुनः अस्थायी टहरा निर्माण गरेका छन्। धार्मिक र सांस्कृतिक महत्व जोडीएको दुईमाजु मन्दिर रहेको क्षेत्रमा अहिले १७ व्यवसायीले टहरा ठड्याएका छन्। व्यवसायीले त्यहाँ रेडिमेड कपडा, फलफूल, झोला, उपहार आदिका पसल खोलेका छन्। गुठी संस्थानले उक्त स्थानलाई मन्दिर परिसरमा आवश्यक पुजा सामाग्री राख्न र सामन्य सरसफाइ गर्न भन्दै टहरा बनाउन अनुमति दिएको हो।

गुठी संस्थानबाट टहरा बनाउन अनुमति लिएको व्यवसायीले अरूलाई करारमा व्यवसाय गर्न दिएका हुन्। गोरखा भिमसेन गाउँपालिका तान्द्राङ–७ की अमृता भट्टराइले १७ व्यवसायीलाई करारमा व्यवसाय सञ्चालन गर्न दिएकी हुन्। उक्त स्थानमा व्यवसाय गर्न पाँच वर्षको अनुमति लिएकी भट्टराइले प्रतिस्टल ३५ हजार रुपैयाँ लिएर भाडामा दिएकी हुन्। ०७५ मंसिर २१ मा काठमाडौं महानगर–२८ अन्तर्गत उक्त मन्दिर परिसरको खाली जग्गामा सामान्य व्यवसाय गर्न गुठी संस्थानबाट सम्झौता भएको हो।

गुठी संस्थान र अमृता भट्टराईबीच १३ सर्तमा सम्झैता भएको छ। संस्थानले मासिक १५ हजार लिई ६ महिनाको ९० हजार गुठी संस्थानलाई दिने सम्झैतामा उल्लेख छ। सम्झौता पत्रमा गुठी संस्थान शाखा कार्यालय काठमाडौंका निवर्तमान कार्यालय प्रमुख वैकुण्ठप्रसाद रेग्मी र अमृता भट्टराइको हस्ताक्षर छ। हाल उक्त मन्दिर परिसरमा मरिण ठाकुर इन्टरनेशनल प्रा.लि. अन्तर्गत व्यवसाय सञ्चालनमा ल्याइएको छ। यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);