जापानमा ६ दशक यताकै सबैभन्दा ठुलो आँधीबेहरी आउन सक्ने भविष्यवाणी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जापानमा ६ दशक यताकै सबैभन्दा ठुलो आँधीबेहरी आउन सक्ने भविष्यवाणी

typhoon hagibas

एजेन्सी, २५ असोज । ६ दशक यताकै सवैभन्दा ठुलो बर्षा र आँधीबेहरी आउन सक्ने भविष्यवाणिपछि जापानमा संभावित क्षतिबाट जोगिन युद्धस्तरमा तयारी भइरहेको छ । जापानको मौसम विभागले १ सय ८० किलोमिटर प्रतिघण्टाको गतिमा ह्यागिबिस नामक आँधीबेहरी आउने भविष्यवाणि गरेपछि राजधानी टोकियो लगायत विभिन्न शहरहरुमा नागरिकलाइ सचेत गराइएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

पसल, कल कारखाना र रेलसेवा बन्द गरिएको छ । जोखिमक्षेत्रका बासिन्दालाई घर खाली गरेर सुरक्षित स्थानमा जान सुचना जारी गरिएको छ । ह्यागिबिस आँधीबेहरी आउन सक्ने सुचना जारी भएपछि रग्बी विश्वकप र फर्मुला वान ग्रा.पिका खेलहरुमा पनि बाधा पुगेको छ ।

जापानमा सन् १९ सय ५८मा कानोगावा आँधीबाट १२सय जनाको मत्यु भएयता ह्यागिबिस आँधीबेहरी सबेैभन्दा ठुलो हुने जापानको मौसम विभागले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);