काठमाडौँ, २२ असोज। चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको तालिका सार्वजनिक, आगामी असोज २५ गते नेपाल आउने ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपालको राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा सी दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना पनि गर्नुहुनेछ । त्यस्तै, राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गरेका छन् । वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर गरिनेछ । त्यस्तै, सीले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।