फागुन १४ बुधबार ।
महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला र केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । आज महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरी उपरीक्षकको कमाण्डमा चार हजार दुई सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।




